आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका हुन् ।
सोमबारमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको थियो । सहमतिअनुसार रवि, कुलमान र बालेनले रास्वपाबाटै चुनाव लड्ने भएका हुन् ।
कुलमानका १८, बालेनका ४० जना समानुपातिक उमदेवार पाउने भएका छन् । रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि गायक प्रकाश सपूतसम्म छन् ।
रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।
सूची हेर्नोस्–






