ताजा अपडेट

न्युजील्याण्डमा फेरि बढ्यो महँगी, ३.१ प्रतिशतमा उक्लियो

243 Shares

न्युजील्याण्डमा महँगी बढेर ३.१ प्रतिशत पुगेको छ। Stats NZ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर केन्द्रीय बैंकले तोकेको सीमा भन्दा माथि पुगेको हो।

यो महँगी दर सन् २०२४ को जुन त्रैमासिकपछि कै सबैभन्दा धेरै हो। यसअघि सेप्टेम्बर २०२५ सम्मका १२ महिनामा महँगी ३.० प्रतिशत रहेको थियो, तर डिसेम्बर त्रैमासिकसम्म आइपुग्दा थप बढेको छ।

न्युजील्याण्डको केन्द्रीय बैंक, अर्थात् Reserve Bank of New Zealand ले महँगी १ देखि ३ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ। अहिलेको ३.१ प्रतिशत दर भने त्यो लक्ष्यभन्दा माथि पुगेको छ।

यसको अर्थ दैनिक उपभोगका सामान र सेवाको मूल्य अझै बढिरहेको छ, जसले सर्वसाधारणको खर्च बढाउने र घरपरिवारको बजेटमा दबाब पार्ने देखिन्छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै