न्युजील्याण्ड डलर (NZD) को मूल्य नेपाली रुपैयाँ (NPR) सँग तुलना गर्दा आज ऐतिहासिक उचाइ नजिक पुगेको छ। आजको विनिमय दरअनुसार १ न्युजील्याण्ड डलर करिब ९० नेपाली रुपैयाँ बराबर कारोबार भइरहेको छ।
विदेशी मुद्रा बजारका अनुसार पछिल्ला वर्षहरूमा न्युजील्याण्ड डलर–नेपाली रुपैयाँ विनिमय दर क्रमशः बढ्दो क्रममा रहेको देखिन्छ। विशेषगरी पछिल्लो केही महिनामा न्युजील्याण्ड डलर बलियो बन्दै जाँदा आजको दर हालसम्मकै उच्च विन्दु नजिक पुगेको हो।
यसअघि हालका वर्षहरूमा १ नेपाली रुपैयाँ करिब ८४–८५ रुपैयाँ आसपासमा सीमित रहेको थियो। तर आजको दरले न्युजील्याण्डमा बसोबास गर्ने नेपालीहरू, रेमिट्यान्स पठाउनेहरू तथा अन्तर्राष्ट्रिय कारोबार गर्ने व्यवसायीहरूलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आजको विनिमय दरअनुसार एक अमेरिकी डलर झण्डै १५० रुपैयाँ, एक अष्ट्रेलियन डलर करिब १०४ रुपैयाँ र बेलायतको एक पाउन्ड स्टर्लिङ करिब २०२ रुपैयाँ बराबर पुगेको छ।
विदेशी मुद्राको यो उकालो यात्रासँगै नेपालमा सुनको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। आज नेपाली बजारमा प्रति तोला सुनको भाउ ३ लाख ३९ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च स्तरमध्ये एक मानिएको छ।