चर्चित हास्य कलाकार सुनिल ग्रोवर न्युजिल्याण्ड आउँदै, दुई सहरमा कार्यक्रम – New Zealand News Nepal (NZ News Nepal)

चर्चित हास्य कलाकार सुनिल ग्रोवर न्युजिल्याण्ड आउँदै, दुई सहरमा कार्यक्रम

   February 17, 2026  

भारतका चर्चित हास्य कलाकार सुनिल ग्रोवर न्युजिल्याण्डमा प्रस्तुति दिन आउने भएका छन्। विश्वभर लोकप्रियता कमाएका ग्रोभरले न्युजिल्याण्डका दुई सहरमा विशेष कार्यक्रम गर्ने तय भएको छ।

आयोजकका अनुसार कार्यक्रम आगामी ११ अप्रिलमा ह्यामिल्टन र १२ अप्रिलमा अकल्याण्ड मा आयोजना हुनेछ। हिन्दी भाषामा प्रस्तुति दिने ग्रोभर आफ्नो विशिष्ट हास्यशैली र चर्चित पात्रहरूका कारण दर्शकमाझ अत्यन्त लोकप्रिय छन्।

कार्यक्रम “न्युजिल्याण्ड हंगामा २०२६” अन्तर्गत आयोजना हुन लागेको हो, जसले दक्षिण एसियाली र किवी संस्कृतिलाई संगीत, नृत्य र मनोरञ्जनमार्फत एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ। आयोजकहरूले कार्यक्रमलाई भव्य र विश्वस्तरीय बनाउने तयारी भइरहेको बताएका छन्।

न्युजिल्याण्डमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। दर्शकहरूले हास्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अद्वितीय अनुभव पाउने विश्वास गरिएको छ।