अकल्याण्डमा ‘नेपाल फेस्टिभल’ का लागि स्टल बुकिङ खुला – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा ‘नेपाल फेस्टिभल’ का लागि स्टल बुकिङ खुला

   February 21, 2026  

अकल्याण्डको मुटु मानिने Aotea Square मा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ का लागि स्टल बुकिङ औपचारिक रूपमा खुला गरिएको छ। आगामी ११ अप्रिल २०२६ मा हुने यस भव्य कार्यक्रममा हजारौँ दर्शक तथा सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

फेस्टिभलमार्फत नेपाली कला, संस्कृति, परिकार, हस्तकला तथा विभिन्न व्यवसायिक उत्पादनहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरिनेछ। आफ्नो व्यवसाय, खाना, सांस्कृतिक सामग्री तथा उत्पादनलाई व्यापक समुदायसामु प्रस्तुत गर्न इच्छुक व्यवसायी तथा उद्यमीहरूलाई स्टल सुरक्षित गर्न आग्रह गरिएको छ।

आयोजकका अनुसार स्टल संख्या सीमित रहेकाले चाँडै बुकिङ गर्न सुझाव दिइएको छ। इच्छुक व्यक्तिहरूले तल दिइएको लिंकमार्फत फाराम भरी आवेदन दिन सक्नेछन्:

https://forms.gle/MzijHQXci5UsSSrv6