न्युजिल्याण्डको बोडर आजबाट थप खुकुलो भएको छ । पहिलो र दोस्रो चरणमा यसअघि नै न्युजिल्याण्डको बोडर खुलिसकेको छ भने तेस्रो चरणमा आज मध्यरात १२ बजे बाट अस्थाई भिसा हुने र अन्तरराष्ट्रिय बिद्यार्थीका लागि बोडर खुल्न लागेको हो । त्यस्तै न्युजिल्याण्डको भिसा भएका तर हाल न्युजिल्याण्ड बाहिर रहेकाहरुका लागि पनि अब न्युजिल्याण्ड प्रवेश खुलेको छ । त्यस्तै न्युजिल्याण्डबाट अन्य कुनै देश गएर अब सजिलै न्युजिल्याण्ड फर्किन सकिने छ । यस्को मतलब नेपाल गएका हरु आज बाट न्युजिल्याण्ड फर्किन पाउने छन् । न्युजिल्याण्ड प्रवेशका लागि Temporary Work Visa हुनेहरुका लागि प्रमाण स्वरुप Job Offer प्रस्तुत गर्नु पर्ने छ । बिद्यार्थीको हकमा भने आफु न्युजिल्याण्डमा पढ्दै गरेको वा पढाईलाई निरन्तरता दिने प्रमाण पेश गर्नु पर्ने छ । सुरुमा ५००० अन्तरराष्ट्रिय बिद्यार्थीले न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् । त्यस्तै विश्वमा जुन सुकै स्थानमा रहेका अष्ट्रेलियाली नागरिक पनि अब सजिलै न्युजिल्याण्ड प्रवेश गर्न पाउने छन् ।
