न्यूजिल्याण्डमा आगामी वर्षको चुनावमा ग्रीन पार्टीले इतिहासकै केही ठूलो र साहसी खर्च योजनासहित प्रवेश गरेको छ। सबैलाई निःशुल्क दन्त उपचार, विशाल आवास विकास परियोजना, दिगो वातावरणीय परिवर्तनका कार्यक्रम, सामाजिक भत्तामा वृद्धि, नवीकरणीय ऊर्जा विस्तार—पार्टीका घोषणा झन्झन् थपिँदै गएका छन्। कागजमा हेर्दा सबै योजनाहरू आकर्षक देखिन्छन्। तर मतदाताले उठाइरहेको मुख्य प्रश्न एउटा छ—यति ठूलो खर्चको पैसा कहाँबाट आउँछ?
ग्रीन पार्टीले सामान्यतया उस्तै स्रोतहरूमा भरोसा गर्छ धनीमाथि सम्पत्ति कर, उच्च आय हुनेहरूलाई थप कर, प्रदूषकहरूले तिर्ने शुल्कमा वृद्धि। तर स्वतन्त्र अर्थशास्त्रीहरूका अनुसार यी आम्दानी स्रोतहरू स्थिर र विश्वसनीय मानिँदैनन्। विशेषगरी सम्पत्ति कर (wealth tax) छोटो अर्थतन्त्र भएको देशमा ‘अविश्वसनीय’ र ‘सजिलै छलेिने कर’ मानिन्छ। उच्च मूल्यका पूँजी तथा सम्पत्ति छिटो अन्यत्र सार्न सकिने भएकाले ग्रीन पार्टीले भनिरहेजति ‘दशौँ अर्ब डलर’ उठ्नु कठिन हुने विश्लेषकहरूको भनाइ छ।
यता पार्टीले भने अर्बौँ लागत लाग्ने नयाँ–नयाँ नीतिहरू क्रमशः सार्वजनिक गरिरहेकै छ, तर ती कसरी वित्तीय रूपमा सम्भव हुन्छन् भन्ने प्रश्नमा विस्तृत स्पष्टता नआएको आलोचकहरूको आरोप छ। समर्थकहरू यसलाई ‘दीर्घकालीन लगानी’ भन्छन्, अब खर्च गरियो भने भविष्यमा फाइदा आउँछ। तर आलोचकहरूको भनाइ फरक छ प्लान ठूलो तर लागत गणनाको आधार कमजोर।
यही कारण अहिले धेरै न्यूजिल्याण्डवासीहरू स्पष्ट जवाफ खोजिरहेका छन्। ठूला योजनाले ठूला अंक चाहिन्छ, र ती अंक कहाँबाट आउँछ भन्ने रोडम्याप नदिइँदा मतदाताले ग्रीन पार्टीका योजनाप्रति विश्वास गर्न कठिन भएको टिप्पणीहरू आएका छन्।
अहिलेको बहस खर्च मात्र होइन पारदर्शिता, यथार्थवाद, र ग्रीन पार्टीले राम्रो मनसाय मात्र होइन, व्यावहारिक योजना पनि प्रस्तुत गर्न सक्छ कि सक्दैन त्यसमाथि केन्द्रित हुँदै गएको छ।
ग्रीन पार्टीले 2008 को चुनावमा लगभग ६.७२% पार्टी भोट पाएको थियो र कुल ९ सांसद जित्यो। 2011 मा यसको समर्थन बढेर ११.०६% पुगेको थियो, जसले पार्टीलाई १४ सीट दिलायो। 2014 को चुनावमा पार्टी भोट सानो घटेर १०.७% भए पनि, ग्रीन पार्टीले फेरि १४ सीट कायम राख्यो। तर 2017 मा पार्टीले कटौती भोग्यो—भोट कमी र केही अन्य मुद्दाका कारण ग्रीन पार्टीको संख्या ८ सांसदमा झर्यो। 2020 मा ग्रीन पार्टीले फेरि सुधार गर्यो र त्यहीसीट संख्या १० सांसद बनायो। 2023 को चुनावमा ग्रीन पार्टीले कुल १५ सांसद जित्यो।
समग्रमा हेर्दा, ग्रीन पार्टीले 2008 देखि 2023 बीच केही उतार चढाव देखाएको छ, विशेष गरी 2017 मा ठूलो गिरावट भए पनि त्यसपछि पुनरुद्धार भएको देखिन्छ।


