एक सातापछि नेपथ्यको अकल्याण्ड कन्सर्ट – New Zealand News Nepal (NZ News Nepal)

एक सातापछि नेपथ्यको अकल्याण्ड कन्सर्ट

   May 3, 2026  

एक सातापछि चर्चित नेपाली ब्याण्ड नेपथ्यको अकल्याण्डमा कन्सर्ट आयोजना हुँदैछ। आयोजक लाखे इभेन्ट्सका अनुसार नेपथ्यको बहुप्रतीक्षित कन्सर्ट मे १० तारिखमा हुने तय भएको छ।

उक्त कन्सर्टमा दुई हजारभन्दा बढी नेपाली समुदायको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। हालसम्म कन्सर्टका अधिकांश टिकट बिक्री भइसकेका छन्, जसले दर्शकको उच्च उत्साह देखाउँछ।

सन् २०१७ मा पहिलोपटक न्यूजिल्याण्ड भ्रमण गरेको नेपथ्यको यो दोस्रो प्रस्तुति हो। कन्सर्टले यहाँ बसोबास गर्ने नेपालीहरूलाई सांगीतिक मनोरञ्जनसँगै आफ्नै संस्कृतिसँग जोड्ने विश्वास लिइएको छ।