विश्वप्रसिद्ध अमेरिकी गायक ब्रुनो मार्सको अकल्याण्डमा तीन भव्य शो

17 Shares

विश्वप्रसिद्ध अमेरिकी गायक ब्रुनो मार्सले आफ्नो ‘द रोमान्टिक टुर’ अन्तर्गत न्युजिल्याण्डको अकल्याण्डमा तीनवटा भव्य  कन्सर्ट गर्ने भएका छन्। उनले अकल्याण्डस्थित इडेन पार्कमा मार्च २०२७ मा तीनवटा विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

सुरुमा इडेन पार्कमा एउटा मात्र कन्सर्ट गर्ने घोषणा गरिएको थियो। तर टिकटको पूर्वबिक्रीमै अत्यधिक माग देखिएपछि आयोजकले थप दुईवटा कार्यक्रम थपेका हुन्। यससँगै अकल्याण्डमा ब्रुनो मार्सका लागि कुल तीनवटा कन्सर्ट हुने भएका छन्।

ब्रुनो मार्सका कन्सर्टहरू १३ मार्च २०२७, शनिबार, १४ मार्च २०२७, आइतबार र १६ मार्च २०२७, मंगलबार आयोजना हुनेछन्। तीनवटै कार्यक्रम अकल्याण्डको प्रसिद्ध इडेन पार्कमा हुनेछ।

टिकटका लागि देखिएको ठूलो मागले अकल्याण्डमा ब्रुनो मार्सको लोकप्रियता निकै उच्च रहेको देखाएको छ। उनका विश्वभर चर्चित गीत, आकर्षक प्रस्तुति र उत्कृष्ट लाइभ प्रदर्शनका कारण तीनवटै कन्सर्टमा ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

‘द रोमान्टिक टुर’ ब्रुनो मार्सको विश्वव्यापी सांगीतिक यात्राअन्तर्गत आयोजना भइरहेको हो। अकल्याण्डमा लगातार तीनवटा स्टेडियम कन्सर्ट थपिनुले न्युजिल्याण्डमा उनको लोकप्रियता र उनका कार्यक्रमप्रतिको दर्शकको उत्साहलाई समेत प्रतिबिम्बित गरेको छ।

 

सम्बन्धित समाचार

सबै