Vanuatuका प्रधानमन्त्रीले गरे संसद बिघटन

450 Shares

टापु देश वानूआतूका प्रधानमन्त्री बब लफम्यानले संसद बिघटन गरेका छन् । चार वर्षको कार्यकालमा अझै एक वर्ष चार महिना बाँकी रहदा प्रधानमन्त्री संसद बिघटन गर्ने निर्णय गरेका हुन् । सन् २०२० मा निर्वाचित भएका प्रधानमन्त्री लफम्यानका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव माथि छलफल गर्न आज मंगलबार संसद बैठक बोलाईएको थियो तर बैठक बस्नु एक दिन अघि प्रधानमन्त्री लफम्यानले संसद बिघटन गरेका हुन् । उनले अब जनताले निर्णय गर्ने भन्दै राष्ट्रपती समक्ष संसद बिघटनको बारेमा जानकारी गराएका थिए । हिजै उनका सरकारका कृषि मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका थिए । अल्पमतमा रहेका प्रधानमन्त्री बब लफम्यानको समर्थनमा अब जम्मा २१ जना सदस्य छन् । वानूआतूको संसदमा ५२ जना सांसद रहेका छन् ।

सम्बन्धित समाचार

सबै