अकल्याण्डमा ‘महापुरुष’ प्रदर्शन हुँदै – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डमा ‘महापुरुष’ प्रदर्शन हुँदै

   November 13, 2022  

हाल नेपाल तथा नेपालबाहिर पनि सुपरहिट बनिरहेको नेपाली चलचित्र महापुरुष अकल्याण्डमा प्रदर्शन हुने भएको छ । आउँदो डिसेम्बेर १० तारिकका दिन अकल्याण्डको St. Lukes Mall को ईभेन्ट्स सिनेमामा महापुरुष प्रदर्शनमा आउन लागेको हो ।

अकल्याण्ड बाहेक अन्य शहरमा समेत महापुरुष प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । चलचित्रलाई आरोहा इन्टरटेनमेन्टले न्युजिल्याण्ड भित्राएको हो । चलचित्रलाई ह्यामिल्टन, बे अफ प्लेन्टी, वेलिङ्टन, क्राईसचर्च, डुनेडिन, पाल्मेर्शन नर्थ, न्यु प्लाईमाउथ, नेल्सन र नेपियरमा प्रदर्शनमा ल्याईने भएको छ । यस्कालागी लोकल पार्ट्नरको खोजी भईरहेको आरोहा इन्टरटेनमेन्टले जनाएको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्र महापुरुषमा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’ मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग्य गरिएको छ ।