नेपाली चलचित्र महापुरुष ह्यामिल्टनमा पनि प्रदर्शन हुने भएको छ । आउँदो डिसेम्बर १८ तारिकका दिन ह्यामिल्टनमा चलचित्र प्रदर्शनमा आउन लागेको हो । ह्यामिल्टनको Lido Cinema मा उक्त दिन साझँ ६:३० बजे चलचित्र प्रदर्शन हुने छ । चलचित्र हेर्नको लागि ३० डलर टिकटको मुल्य राखिएको छ । चलचित्रलाई अरोहा ईन्टरटेनमेन्टले न्युजिल्याण्ड भित्राएको हो । त्यसअघी आउँदो डिसेम्बेर १० तारिकका दिन अकल्याण्डको St. Lukes Mall को ईभेन्ट्स सिनेमामा पनि महापुरुष प्रदर्शनमा आउन लागेको छ ।
सामाजिक विषयवस्तुमा आधारित चलचित्र महापुरुषमा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’ मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग्य गरिएको छ ।


