अकल्याण्डमा आज प्रदर्शन हुँदै महापुरुष

291 Shares

हाल नेपाल तथा नेपालबाहिर पनि सुपरहिट बनिरहेको नेपाली चलचित्र महापुरुष आज अकल्याण्डमा प्रदर्शन हुँदै छ । आज अकल्याण्डको St. Lukes Mall को ईभेन्ट्स सिनेमामा महापुरुष प्रदर्शनमा हुन लागेको हो । चलचित्रको साझँ ६ बजे सो रहेको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्र महापुरुषमा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको छ । चलचित्रमा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल पराजुलीलगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्न र निर्देशनसमेत रहेको छ । सोसल ड्रामा ‘महापुरूष’ मा समाजले मान्छेलाई महापुरुष बनाउने स्थिति व्यंग्य गरिएको छ ।

सम्बन्धित समाचार

सबै