नेपाल: मन्त्रिपरिषद् विस्तार आज हुँदै, १ बजे सपथ ग्रहण

423 Shares

सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार करिब पाँच घन्टा बसेको बैठकले अन्ततः मन्त्रालयको भागबण्डा टुंग्याएको हो। यद्यपि कुन दलले कति वटा मन्त्रालय पाउने भन्ने विषयमा भोलिमात्रै थाहा हुने गृहमन्त्री रवि लामिछानेले बताए।

उनले सबै दलले आ-आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै मन्त्रालय भागगबण्डाको विषमाय मिडियासमक्ष सार्वजनिक गरिने बताए।

‘कुनऔकुन पार्टीले कुन-कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने विषयमा तय भयो। समग्रमा मन्त्रालयको बाँडफाँड टुंगिएको छ। तर को को मन्त्री बन्ने कुरा भोलिमात्रै टुंगिन्छ,’ गृहमन्त्री लामिछानेले सञ्चारकर्मीसँग भने।
पार्टीभित्रो आन्तरिक छलफलपछि केही परिवर्त पनि हुनसक्ने उनको भनाइ छ।

‘कुन मन्त्रालय कसले पायो भन्ने कुरा अहिल्यै बताउन सक्दिनँ। त्यो कुरा भोलि मन्त्रीहरूसहित थाहा पाउनुहुनेछ। दलभित्रको छलफलपछि केही परिवर्तन पनि हुनसक्छ। अहिल्यै म गलत सूना दिन चाहन्न,’ उनले भने।

उनले भोलि १ बजे मन्त्रीहरूको सपथ हुने बताए। त्यसपछि मात्रै सर्वदलीय बैठक बस्नेछ। भोलि ४ बजेका लागि सर्वदलीय बैठक डाकिएको छ। गृहमन्त्री लामिछानेले नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको सरकारलाई समर्थन रहे पनि मन्त्रालयमा आउने कुरा नदेखिएको बताए।

सम्बन्धित समाचार

सबै