कर्नाटकमा कांग्रेसलाई बहुमत, भाजपाको अघिल्लो चुनावभन्दा ३९ सिट कम

269 Shares
भारतको कर्नाटकमा भारतीय राष्ट्रिय कांग्रेसले बहुमत प्राप्त गरेको छ।
२२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सिट आवश्यक पर्छ। जसमा कांग्रेसले १३७ सिटमा जित हात पारेको छ।

अघिल्लो चुनावमा ८० सिटमा समेटिएको कांग्रेसले यसपटक स्पष्ट बहुमतसहित सरकार निर्माण गर्ने भएको छ।

यस्तै भारतीय जनता पार्टीले ६५ स्थानमा जित हात पारेको छ। अघिल्लोपटक भाजपाले १०४ सिटमा जित हासिल गरेको थियो।

यस्तै हाल सत्तामा रहेको भाजपाले दिउँसो २ बजेतिर नै हार स्वीकार गरेको थियो। यस्तै जेडीएसले १९ स्थानमा जित हात पार्दा अन्य दलले चार स्थानमा जित हात पारेका छन्।

सम्बन्धित समाचार

सबै