बलिवुडका चर्चित गायक जुबिन नौटियाल न्युजिल्याण्ड आउँदै छन् ।
अकल्याण्डमा आयोजना हुने कार्यक्रममा प्रस्तुती दिन उनी न्युजिल्याण्ड आउन लागेका हुन् ।
नौटियालको कन्सर्ट आउँदो जुन २४ तारिकका दिन अकल्याण्डको ट्रस्ट एरिनामा आयोजना हुन गईरहेको छ । उनको कार्यक्रमको ७९ डलर देखि ५०० डलर सम्मका टिकट दर कायम गरिएको छ ।



