छोरा पाएपछि ऋचा लेख्छिन्, ‘म जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको छ’ – New Zealand News Nepal (NZ News Nepal)

छोरा पाएपछि ऋचा लेख्छिन्, ‘म जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको छ’

   September 10, 2021  

नायिका एवं निर्मात्री ऋचा शर्मा बुधबार आमा बनिन् । उनले पहिलो सन्तानको रुपमा छोरा आभ्यान विक्रम राणलाई जन्म दिएकी हुन् । पहिलो पटक आमा बन्दा कस्तो महसुश भयो त ? बिहिबार ऋचाले आफ्नो फेसबुक मार्फत श्रीमान दिपेक्षा राणा र छोराको फोटो फेसबुकमा राख्दै आफ्ना भाव पोखेकी छिन् ।

आज धेरै कुराहरु लेख्छु भनेर सोचिरहेको थिएँ । यो ९ महिनाको मनोवाद सबै पोख्छु भनेर सोचिरहेको थिएँ । तर आज शब्दको अभाव महशुस भइरहेको छ । भावनालाई कसरी बुनुम भइरहेको छ । हिजोसम्म आफैं केटा केटी छु जस्तै लागिरहेको थियो । आज एकाएक परिपक्व भएको झै आभास भइरहेको छ । सोच्दा पनि पृथ्वी बोके झैं लाग्छ । आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ । अनेक कुराहरु मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढ़ता, संकल्पहरुको बाढ़ी मन भित्र चलिरहेको छ । पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तीको महत्वपूणर् र न्यानो चरित्र सायद मैंले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ । जीवनमा आजसम्म के कति कमाएँ लेखा-जोखा छैन्, तर आमा झैं माया गर्ने सासु आमा हुनुहुन्छ, बुवा झै आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढ़ी बुझिदिने दिने जीवनसाथी । आज सन्तानको आगमनसँगै म जत्तिको धनी मान्छे कोही छैन झैं लागिरहेको छ । बाटो लामो छ । एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब । यो यात्रामा तपाईहरु सम्पूणर् शुभ चिन्तकहरुको सधैं झैं माया, मार्गदर्शन, शुभेक्षा र आशीशको अपेक्षा गर्दछु । छोरा आभ्यान बिक्रम राणाका तपाइहरु सम्पूणर्लाई न्यानो माया।