पाकिस्तानी गायक राहत फ़तेह अली खान न्युजिल्याण्ड आउँदै – New Zealand News Nepal (NZ News Nepal)

पाकिस्तानी गायक राहत फ़तेह अली खान न्युजिल्याण्ड आउँदै

   October 11, 2023  

पाकिस्तानी गायक राहत फ़तेह अली खान न्युजिल्याण्ड आउने भनेका छन् । गायक खान आफ्नो सागिंतिक विश्व यात्राको क्रममा न्युजिल्याण्ड आउन लागेका हुन् । जस्ट कवाली नाम दिईएको उक्त कार्यक्रम आउदो वर्ष फेब्रुअरी २३ तारिकका दिन अकल्याण्डमा आयोजना हुने भएको छ । उनी यसअघि ६ वर्ष अघि सन् २०१७ मा न्युजिल्याण्ड आएका थिए ।

गायक खान बिशेषगरि हिन्दी चलचित्रको पार्श्व गायकको रुपमा चर्चित छन् । उनका दिल तो बच्चा है जी, ओरे पिया, तेरी ओर, बोल ना हल्के हल्के, जिया धडक धडक, रिस्ते नाते लगायत सयौँ हिन्दी गीत चर्चित रहेका छन् । पाकिस्तानमा जन्मिएका खान कवालीका राजानुसरत फतेह अली खानका भतिजा हुन् ।