क्राईसचर्चमा ‘मह जात्रा’ भोली – New Zealand News Nepal (NZ News Nepal)

क्राईसचर्चमा ‘मह जात्रा’ भोली

   June 21, 2024  

न्युजिल्याण्डको साउथ आईल्याण्डमा रहेको क्राईसचर्चमा भोली मह जात्रा आयोजना हुँदै छ ।
बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित बिभिन्न कलाकारहरुले भोली क्राईसचर्चको ला भिडा सेन्टरमा आफ्नो प्रस्तुती दिदै छन् ।
कार्यक्रममा मह जोडीको अलावा कलाकार किरण केसी, नरेन्द्र कंसाकार र गायिका कुन्ती मोक्तान, संगीतकार शिलाबहादुर मोत्तान लगायतको पनि प्रस्तुती रहने छ । गत शनिबार अकल्याण्डमा आयोजना भएको मह जात्राको यो न्युजिल्याण्डमा दोस्रो तथा अन्तिम कार्यक्रम हो ।
२५ मेबाट अष्ट्रेलियाको पर्थबाट सुरु भएको महजात्रा कार्यक्रम ८ जुनका दिन मेलबर्नमा सम्पन्न भएको थियो । अष्ट्रेलिया टुर सकेर कलाकारहरु मेलबर्नबाट सिधै अकल्याण्ड आएका थिए ।