प्रिया र प्रज्वल अभिनित `सिमल भुवा´ सार्वजनिक – New Zealand News Nepal (NZ News Nepal)

प्रिया र प्रज्वल अभिनित `सिमल भुवा´ सार्वजनिक

   January 5, 2022  

’सरिताको दिदी’ गीतको सफलतापछि गायक अनीश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत `सिमल भुवा´ सार्वजनिक गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो । भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठ भिडियोमा फिचर्ड छन् । विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। अनीश ओकिली युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ । ३ दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका ओकिलीको गुलाबी जाडो ,झ्यालबाट हेरी लगायत गीतहरू चर्चित छन् ।