जबर्जस्ती करणीका अभियुक्त अभिनेता पल शाहले प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । अभिनेता शाह आइतबार प्रहरीसमक्ष हाजिर हुने भएका छन् । उनले सामाजिक सञ्जालबाट आफू प्रहरीसमक्ष हाजिर हुन लागेको जानकारी दिएका छन् । पलले आफूले घरको व्यवहार मिलाउनु पर्ने भएकाले, चलचित्रको रिलिजको समयमा समस्या नहोस् भनेर र स्वास्थ्य अवस्था बिग्रिएका कारण केही दिन प्रहरीसमक्ष जान नपाएको भन्दै माफी पनि मागेका छन् ।
उनले फेसबूकमा लेखेका छन्:
नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद 


