चर्चित गायक पशुपति शर्मा न्युजिल्याण्ड आउँदै, अकल्याण्ड र क्राइस्टचर्चमा प्रस्तुति दिँदै

479 Shares

नेपाली लोकसंगीतका चर्चित कलाकार पशुपति शर्मा न्युजिल्याण्ड आउँदै छन्। उनी आगामी नेपाली नयाँ वर्ष फेस्ट २०८३ मा सहभागी हुने तय भएको छ। यो कार्यक्रम १४ अप्रिल (मंगलबार) २०२६ मा अकल्याण्डमा आयोजना हुनेछ।

अकल्याण्डको कार्यक्रमपछि पशुपति शर्मा क्राइस्टचर्चमा आयोजना हुने नेपाल फेस्टिभल २०२६ मा पनि सहभागी हुनेछन्। नेपाल फेस्टिभल २०२६ आगामी १८ अप्रिल २०२६ मा क्राइस्टचर्चमा आयोजना हुने कार्यक्रम हो, जहाँ उनले आफ्ना लोकप्रिय लोक तथा समसामयिक गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

आयोजकका अनुसार यी दुवै कार्यक्रम नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै छन्। विदेशमा रहेका नेपाली समुदायका लागि पशुपति शर्माको उपस्थितिलाई विशेष आकर्षणका रूपमा हेरिएको छ।

नेपाली नयाँ वर्ष फेस्ट २०८३ र नेपाल फेस्टिभल २०२६ मा संगीतसँगै सांस्कृतिक नृत्य, नेपाली खानाका परिकार, स्टलहरू तथा सामुदायिक कार्यक्रमहरू समावेश हुने जनाइएको छ। यी कार्यक्रमलाई लिएर न्युजिल्याण्डभर रहेका नेपाली समुदायमा उल्लेख्य उत्साह देखिएको छ।

सम्बन्धित समाचार

सबै