‘पूर्ण राई र दाजु भाई’को कन्सर्टमा विद्यार्थीलाई विशेष छुट – New Zealand News Nepal (NZ News Nepal)

‘पूर्ण राई र दाजु भाई’को कन्सर्टमा विद्यार्थीलाई विशेष छुट

   March 3, 2026  

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय कलाकार पूर्ण राई र दाजु भाईको बहुप्रतिक्षित लाइभ कन्सर्टका लागि विद्यार्थीहरूलाई २५ प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। आयोजक सम्बन्ध ईभेन्ट्सका अनुसार विद्यार्थी परिचयपत्र (Student ID) प्रस्तुत गर्ने दर्शकहरूले टिकट खरिद गर्दा उक्त छुट सुविधा पाउनेछन्।

कन्सर्ट आगामी २८ मार्चमा Christchurch र २९ मार्चमा Auckland मा आयोजना हुँदैछ। दुवै शहरमा नेपाली गीत–संगीतप्रेमीको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रमले नेपाली गीत–संगीतप्रेमीहरूलाई प्रत्यक्ष प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

कार्यक्रमको आयोजना सम्बन्ध ईभेन्ट्सले गरेको हो। आयोजकले विशेषगरी विद्यार्थी तथा युवापुस्तालाई लक्षित गर्दै छुट योजना ल्याइएको जनाएको छ।