186
Shares
काठमाडौं क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ अग्रस्थानमा देखिएका छन्। हालसम्म सार्वजनिक भएको सुरुवाती मतपरिणाम अनुसार घिसिङले १०४१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका राजु नाथ पाण्डे ले ७४८ मत प्राप्त गरेका छन्। प्रारम्भिक परिणाममा घिसिङ र पाण्डेबीच प्रतिस्पर्धा देखिएको छ।
त्यस्तै, नेपाली कांग्रेसका रमेश अर्याल ले २९८ मत ल्याएका छन् भने नेकपा (एमाले) का रामेश्वर फुयाल ले २८९ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेकोले अन्तिम परिणाम आउन बाँकी छ। सुरुवाती चरणमै उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले उल्लेखनीय अग्रता बनाएका छन् भने अन्य दलका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेका छन्।