क्राइस्टचर्चमा आयोजना हुन लागेको नेपाल फेस्टिभल २०२६ मा सहभागी हुन चाहनेहरूका लागि आयोजकले निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने भएका छन्। भोली शनिबार हुने उक्त कार्यक्रमका लागि शहरका विभिन्न स्थानबाट कार्यक्रम हुने स्थान सम्म पुग्न सहज बनाउने उद्देश्यले बस सेवा उपलब्ध गराइएको हो।
आयोजकका अनुसार एभोनहेड (रग्बी क्लब), स्टानमोर रोड, लिनवुड एभेन्यु, आरा वूल्स्टन, लिंकन युनिभर्सिटी, रोल्लेस्टन र हर्न्बीबाट निर्धारित समयमा बस छुट्नेछ। बिहान ९ बजेदेखि सुरु हुने सटल सेवा दिउँसोसम्म सञ्चालन हुनेछ र सबै बसहरू ह्याग्ले पार्कमा पुग्ने व्यवस्था मिलाइएको छ।
फेस्टिभल सकिएपछि पनि सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै साँझ ४:४० बजे र ५:५५ बजे बसहरू फिर्ता सञ्चालन गरिनेछन्। साथै करिब ६:२० बजे अन्तिम बस छुट्नेछ, जसले लिंकन, रोल्लेस्टन हुँदै हर्न्बीसम्म सेवा प्रदान गर्नेछ।



