चर्चित पंजावी र्यापर गायक सिध्दु मुसेवालाको गोली हानी हत्या

753 Shares

भारतको पंजाव राज्यका चर्चित पंजावी र्यापर गायक सिध्दु मेसेवालाको गोली हानी हत्या गरिएको छ । मानसा को जवाहरपुर गाउँमा उनी माथी गोली प्रहार भएको भारतिय संचारमाध्यमले जनाएका छन् । गोली लागेर गम्भिर घाईते भएका मुसेवालाको अस्पातल लादै गर्दा मृत्‍यु भएको हो । सुत्रका अनुसार उनि माथी अ ज्ञात समुहले ७ राउन्ड गोली प्रहार गरेका थिए । उनी सँगै थप ३ जना घाईते भएका छन् । पंजाव सरकारले हिजो मात्र उनको सुरक्षा फिर्ता लिएको थियो । उनी भारतीय कांग्रेस सँग पनि आवद्ध छन् ।

सम्बन्धित समाचार

सबै