अकल्याण्डपछि सुजन चापागाईंको प्रतीक्षामा क्राइस्टचर्च – New Zealand News Nepal (NZ News Nepal)

अकल्याण्डपछि सुजन चापागाईंको प्रतीक्षामा क्राइस्टचर्च

   July 21, 2026  

अकल्याण्डमा भव्य सांगीतिक साँझ प्रस्तुत गरेका लोकप्रिय गायक सुजन चापागाईं अब क्राइस्टचर्च पुग्ने भएका छन्। सोमबार अकल्याण्डमा सयौँ नेपाली संगीतप्रेमीको उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको कन्सर्टपछि अब आगामी शनिबार क्राइस्टचर्चमा उनको प्रत्यक्ष प्रस्तुति हुने भएको हो।

स्वरम इभेन्ट्सको आयोजनामा क्राइस्टचर्चस्थित सेलिब्रेसन सेन्टरमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। कार्यक्रममा सुजन चापागाईंसँगै द इन्फिनिटी ब्यान्डले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछ।

साउथ आइल्याण्डमा बसोबास गर्ने नेपाली समुदायबीच कन्सर्टप्रति ठूलो उत्साह देखिएको छ। आयोजकका अनुसार टिकट बिक्री पनि उत्साहजनक रहेको छ भने कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको छ।

लोकप्रिय गीतहरूका साथ सुजन चापागाईंले क्राइस्टचर्चमा पनि अविस्मरणीय सांगीतिक माहोल सिर्जना गर्ने विश्वास गरिएको छ।