अकल्याण्डमा चर्चित बलिउड गायक शानको कन्सर्ट

418 Shares

चर्चित बलिउड गायक सान्तनु मुखर्जी अर्थात शानको कन्सर्ट न्युजिल्याण्डको सबै भन्दा ठुलो शहर अकल्याण्डमा आयोजना हुने भएको छ । आउदो नोभेम्बेर १८ तारिकका दिन शानले अकल्याण्डमा आफ्नो प्रस्तुती दिने आयोजक आरिया ईभेन्ट्सले जानकारी दिएको छ । कार्यक्रम अकल्याण्डको भोडाफोन ईभेन्ट सेन्टरमा हुने छ । शानका चांद सिफारिस, बेहेती हवासा था वो, जब से तेरे नैना, निकम्मा किया, हे सोना लगायतका हिन्दी गीतहरु चर्चित छन् । शानले केही नेपाली गीत समेत गाएका छन् । उनले आधा जिन्दगी रित्तिसक्यो, नक्कली कान्छी, फेरी तिम्रो याद आयो, झझल्को बनेर आँखामा लगायतका नेपाली गीत गाएका छन् ।

सम्बन्धित समाचार

सबै