यस्तो छ प्रेम गीत ३ को हिन्दी ट्रेलर (भिडियो सहित) – New Zealand News Nepal (NZ News Nepal)

यस्तो छ प्रेम गीत ३ को हिन्दी ट्रेलर (भिडियो सहित)

   September 1, 2022  

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ।  आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार हिन्दी संस्करणको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा प्रेमलाई राज याेग र प्रेम याेगमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको छ। पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।  फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।  प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ बक्स अफिसमा सफल भएका थिए।