प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा – New Zealand News Nepal (NZ News Nepal)

प्रतिपक्षी दलले माग्यो राष्ट्रपति बाइडेनको राजीनामा

   August 28, 2021  

१३ जना अमेरिकी सेनाको ज्यान जाने गरी काबुल विमानस्थलमा भएका दुई विस्फोटको घटनापछि अमेरिकी प्रतिपक्षी दलहरुले राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन् । साथै, उनीहरुले बाइडेनलाई महाभियोग लगाउमानुपर्ने समेत माग गरेका छन् । ‘यदि ट्रम्पलाई टेलिफोन गरेकै आधारमा महाभियोगको प्रस्ताव गरिन्छ भने बाइडेनलाई पनि अफगानिस्तानको गल्तीप्रति महाभियोग लगाउनुपर्छ’ रिपब्लिकन पार्टीका तर्फबाट टेक्सस सांसद रोनी ज्याक्सनले भने । ‘हामी यो भन्दा अझै उत्कृष्टताको लागि लायक छौं । बाइडेनको यो गल्ती एक दशककै खराब हो’ उनले भने । राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत निकी हेल्ली पनि बाइडेनले तत्काल राजीनामा दिनुको विकल्प नरहेको बताएकी छन् । रिपब्लिकन पार्टीका अन्य सांसदले समेत बाइडेनको राजीनामा मागेका छन् ।