एकसाथ पर्दामा देखिँदै ऋतिक र दीपिका – New Zealand News Nepal (NZ News Nepal)

एकसाथ पर्दामा देखिँदै ऋतिक र दीपिका

   August 28, 2021  

बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण पहिलो पटक फिल्ममा एक साथ देखिने भएका छन्। फिल्म निर्माण टिमले आधिकारिक रुपमा रिलिजको मिति तोकिसकेको छ। ऋतिकले आफ्नो जन्मदिनमा ‘फाइटर’ फिल्मको घोषणा गरेका हुन्। उनले प्रोमो सार्वजनिक गरेर फिल्मको घोषणा गरेका थिए। ऋतिकका अनुसार फिल्म २०२३ मा रिलिज हुनेछ। फिल्म समीक्षा तरण आदर्शका अनुसार दीपिका र ऋतिकको फिल्म ‘फाइटर’ गणतन्त्र दिवस अर्थात् २६ जनवरी २०२३ मा रिलिज हुनेछ। फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् भने अजित अंधारे फिल्मका निर्माता रहेका छन्।  फिल्ममा ऋतिक एक एयरफोर्स पाइलटको भूमिकामा देखिने छन्। उनी आफ्नो फिल्मी करिअरमा पहिलो पटक पाइलटको भूमिकामा देखिन लागेका हुन्। फिल्ममा  रोमान्स र देशप्रेमका विषयवस्तु समावेश छन्।  दीपिकाले ऋतिकसँग स्क्रिन सेयर गर्दैछिन्।  यो फिल्मको बजेट २ सय ५० करोड बताइएको छ।