गायक सविन राईको कन्सर्ट भव्य बनाउन यि संस्थाले साथ दिदैँ – New Zealand News Nepal (NZ News Nepal)

गायक सविन राईको कन्सर्ट भव्य बनाउन यि संस्थाले साथ दिदैँ

   October 28, 2022  

आउदोँ नोभेम्बेर ६ तारिकका दिन न्युजिल्याण्डको अकल्याण्डमा हुन लागेको चर्चित गायक सविन राई र उनको ब्याण्ड THE PHAROAH को भब्य कन्सर्टको तयारी तिब्र रुपमा भईरहेको छ । पहिलो पटक न्युजिल्याण्ड आउन लागेका सविन राई र उनको समुहको प्रस्तुती रहने कन्सर्टमा न्युजिल्याण्डमा बिभिन्न ठाउँबाट नेपालीहरु अकल्याण्ड जम्मा हुने अनुमान गरिएको छ ।

कन्सर्टमा न्युजिल्याण्डमा दुई नेपाली ब्याण्ड नक्षत्र र मन्डलाको समेत प्रस्तुती रहने छ । Sabin Rai and The Pharoah Live in Auckland नाम दिईएको उक्त कन्सर्टको मुख्य प्रायोजक अर्थात Title Sponser मा ईमिग्रेशन एडभाईजर रहेको छ । बिगत लामो समय देखि अध्यागमको क्षेत्रमा बिभिन्न भिसाका लागि ईमिग्रेशन एडभाईजरले परामर्श दिदै आएको छ ।

कन्सर्टको गोल्ड स्पोन्सरमा टुलिप फाईन्यान्सियल सर्भिसेस रहेको छ । गोल्ड ट्राभल पार्टनरमा ट्राभल कर्नर रहेको छ । जे यस आर लाइफ मोटर्स सिल्भर स्पोन्सर रहेको कार्यक्रममा नेपालीज ट्रेडिशन, हिन्दू फोउन्डेशन, ईगल आई लिमिटेड, एभरेष्ट चुलो वेलिङटन, रोहिनी इन्टरनेशनल एजुकेशन सेर्भिसेस र इन्द्रेणी रेस्टुराँ एण्ड बार प्ल्याटिनम स्पोन्सर रहेका छन् । कार्यक्रमको हस्पिटालिटी पार्ट्नरमा एभरेष्ट डाईन पार्नेल र हिमालयन फ्युजन रेस्टुराँ एण्ड बारको साथ रहने छ । कन्सर्टको अफिसियल मिडिया पार्टनरमा एनजेड न्युज नेपाल रहेको छ ।

नोभेम्बर ६ तारिक अकल्याण्डको स्टुडियो द भेन्युमा हुन लागेको कार्यक्रमको यतिखेर टिकट बुकिङ भईरहेको छ ।