बेलायतमा कोरोना सङ्क्रमण दर अझ बढ्नसक्ने चिन्ता

355 Shares

बेलायतका शिक्षामन्त्रीले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन् । शिक्षामन्त्री ग्याबिन विलियिमसनले सो कुरा बताएका हुन् । उनले अहिले लन्डनमा केही मात्रामा भए पनि कोरोना भाइरसको सङ्क्रमणको अवस्था घटेको भन्दै आगामी हप्ता विद्यालय खुल्ने बताए । ती विद्यालय खुलेपछि सयौँ हजार बालबालिका विद्यालय जाने भएका छन् । यसबाट देशमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्नसक्ने देखिएको मन्त्री ग्याभिन विलियम्सले बताए । उनले विद्यालय खुला भएपछि ती सबै विद्यालयका शिक्षक, बालबालिका तथा अरु कर्मचारीलाई पनि स्वास्थ्य जाँच गर्न आग्रह गरिएको बताएका छन् । उनले भने, “यसैकारणले हामीले बढी भन्दा बढी बालबालिका तथा नागरिकलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरिएको पहिलेका तुलनामा परीक्षणको कामलाई तीव्र बनाइएको छ ।” (सिन्ह्वा)

सम्बन्धित समाचार

सबै