नेपाली अमेरिकन कलाकार संघको नेतृत्वमा निशा सुनार – New Zealand News Nepal (NZ News Nepal)

नेपाली अमेरिकन कलाकार संघको नेतृत्वमा निशा सुनार

   September 10, 2021  

अमेरिकास्थित न्युयोर्कमा गठित नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष पदमा गायिका निशा सुनार सर्वसम्मत रुपमा चयन भएकी छिन् । संघको चौंथो विशेष अधिवेशनले निशालाई अध्यक्षको रुपमा चयन गरेको हो । संघको संरक्षकमा अभय ढुंगेल छन् ।  १७ सदस्यीय कार्यस वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, विमल डाँगी, विक्की पुलामी, ऐट्ना कार्की, राजेन्द्र राई र महासचिव-संगिता थापा छन् । यस्तै सचिवमा मधु कुमार गिरी (मधुर), कोषाध्यक्ष पुष्कर वराल, सह कोषाध्यक्ष पुजा न्यौपाने अनि युथ कोर्डिनेटरमा दिलिप कुमार श्रीस चयन भए । सदस्यहरुमा चिनिया लाल श्रेष्ठ, बुद्दीमान घिसिङ, पुष्पा बस्नेत, नविन श्रेष्ठ, माया राई रहेका छन् । सम्पन्न अधिवेशनको प्रमुख अतिथिमा महावाणिज्यदूत बिष्णु प्रसाद गौतम थिए भने विशेष अतिथिमा फिप्नाका अध्यक्ष लोक चेम्जोङ थिए । वरिष्ठ गायिका सपना श्रीले निर्वाचित कार्य समितिलाई अबीर र खाद लगाई बधाई दिईन् ।