इन्डियन आइडलको टप टेनमा मेनुका पौडेल – New Zealand News Nepal (NZ News Nepal)

इन्डियन आइडलको टप टेनमा मेनुका पौडेल

   January 22, 2024  

नेपालकी गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को शीर्ष १० मा प्रवेश गरेकी छिन्।

आइतबार एपिसोडमा उनी टप १० भित्र पर्न सफल भएकी हुन्।

आइतबार प्रसारित एपिसोडमा पियुष, अज्जना र मुस्कान बटन थ्रीमा परे। जसमध्ये मुस्कान टप ११ बाट बाहिरिएकी थिइन्।

पौडेल अडिसन चरणबाट धेरैको मन जितेर चर्चित भएकी हुन्। उनको प्रस्तुतिबाट निर्णायकहरूले मञ्चमै आँसु झारेका थिए।

उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन्।