चर्चित गायक राजु लामा र उनको ब्यान्ड मंगोलियन हर्टको स्वर आज पहिलोपटक न्यूजील्याण्डको मञ्चमा गुञ्जिन लागेको छ।
यात्राको पहिलो प्रस्तुति आज साँझ क्राइस्टचर्चमा आयोजना हुँदैछ। नेपाली संगीतको मौलिकता र आधुनिक प्रस्तुतिको संयोजनमा तयार पारिएको यस कन्सर्टप्रति दर्शकमाझ उच्च उत्साह देखिएको छ।
न्यूजील्याण्डका विभिन्न शहरहरूमा हुने तीन कन्सर्टहरूको सुरुआत आजको कार्यक्रमबाट हुँदैछ। आयोजकहरूका अनुसार यो सांगीतिक साँझलाई भव्य र ऐतिहासिक बनाउने सम्पूर्ण तयारी पूरा भएको छ।


