इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ।
समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ। जसमा नेपालमा विपिन जोशी पनि छन्।
हमासले बन्दी भन्दै सार्वजनिक गरेका ४८ जनामध्ये कतिपयको निधन भएको छ भने कतिपय जिवितै रहेका छन्।
सार्वजनिक गरिएको सूचीमा प्रत्येक तस्बिरको क्याप्सन “Ron Arad” राखिएको छ।
सन् १९६८ देखि लेबनानमा हराइरहेका इजरायली वायु सेनाका क्याप्टेनको नाममा उक्त क्याप्सन राखिएको हो।
हमासले सार्वजनिक गरेको तस्वीरसँगै लेखिएको छ– ‘नेतान्याहुको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु भइरहेका बेला एउटा बिदाइ तस्बिर।’


