न्युजिल्याण्डले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने कि नदिने भन्ने निर्णय आज हुने – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने कि नदिने भन्ने निर्णय आज हुने

   September 27, 2025  

न्युजिल्याण्डले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने कि नदिने भन्ने निर्णय शनिबार सार्वजनिक हुने भएको छ।

विदेश मन्त्री विन्सटन पीटर्सले शनिबार बिहान ११ बजे न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघमा सम्बोधन दिने कार्यक्रम तय गरिएको छ।

यो निर्णय सार्वजनिक हुनु अघि केहि हप्तादेखि यसबारे छलफल भइरहेको थियो कि निर्णय कहिले र कस्तो हुने हो। मन्त्रिपरिषद्ले सेप्टेम्बर १५ मा सैद्धान्तिक रूपमा यसबारे निर्णय गरिसकेको थियो, तर यसलाई सार्वजनिक नगरी पीटर्सले न्यूयोर्कमा घोषणा गर्ने निर्णय गरेका हुन्।

यसअघि यसै हप्तामा बेलायत, अष्ट्रेलिया र क्यानाडाले प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरिसकेका छन्।