226
Shares
‘नेपथ्य लाइभ इन अकल्याण्ड’ कार्यक्रमको प्रचार सामग्री बिक्रीमा राखिएको छ।
कार्यक्रमको प्रचारस्वरूप तयार पारिएका टी–सर्ट, टोपी तथा गिरीश गिरीको पुस्तक ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग ’ बिक्रीमा उपलब्ध गराइएको हो।
आउँदो मे १० तारिख आयोजना हुन लागेको ‘नेपथ्य लाइभ इन अकल्याण्ड’ कार्यक्रमको प्रचारका लागि यी सामग्री बिक्रीमा राखिएको हो। इच्छुक दर्शक तथा प्रशंसकहरूले यी प्रचार सामग्री लाखे इभेन्ट्सको आधिकारिक वेबसाइटमार्फत खरिद गर्न सक्नेछन्।