भ्यालेन्टाइन डेको अवसरमा आज क्राइस्टचर्चमा गुन्जिदै गायक एड्रियन प्रधान – New Zealand News Nepal (NZ News Nepal)

भ्यालेन्टाइन डेको अवसरमा आज क्राइस्टचर्चमा गुन्जिदै गायक एड्रियन प्रधान

   February 14, 2026  

भ्यालेन्टाइन डे को अवसरमा आज क्राइस्टचर्चमा नेपाली संगीतका लोकप्रिय गायक एड्रियन प्रधान ले आफ्न प्रस्तुति दिदै छन् ।

प्रेम, भावना र सदाबहार गीतका लागि चिनिने एड्रियन प्रधानको यो विशेष प्रस्तुति भ्यालेन्टाइन डे को अवसर मा आयोजना हुन लागेको हो ।

कार्यक्रममा एड्रियन प्रधानले आफ्ना चर्चित तथा कालजयी गीतहरू प्रत्यक्ष रूपमा गाउनेछन्, जसले भ्यालेन्टाइन डे मनाइरहेका जोडीहरू र संगीतप्रेमीहरूलाई थप रोमाञ्चित बनाउनेछ। आत्मालाई छुने स्वर र लाइभ ऊर्जा यस कन्सर्टको मुख्य आकर्षण रहनेछ।

यो विशेष सांगीतिक साँझ क्राइस्टचर्चको सिडेनहमस्थित २५९ मिल्टन स्ट्रिटमा आयोजना हुनेछ।