अकल्याण्डमा आगामी मे १० तारिख आयोजना हुने नेपथ्य को बहुप्रतीक्षित कन्सर्टका लागि टिकटको वेटलिस्टमा सहभागी हुने प्रक्रिया खुला गरिएको छ। आयोजक लाखे ईभेन्ट्सका अनुसार संगीतप्रेमीहरूले आधिकारिक अनलाइन फारममार्फत आफ्नो नाम, इमेल, टिकट संख्या र सम्पर्क विवरण दर्ता गरेर वेटलिस्टमा बस्न सक्नेछन्। वेटलिस्टमा सहभागी हुनेहरूलाई टिकट बिक्री सुरु हुनुअघि नै जानकारी प्रदान गरिनेछ। वेटलिस्टमा आफ्नो नाम दर्ता गर्न यहाँ क्लिक गर्नु होला ।
वेटलिस्टमा नाम दर्ता गर्ने दर्शकहरूले अनलाइन टिकट खरिदमा प्रारम्भिक पहुँच, विशेष छुट मूल्य तथा अरूभन्दा पहिले आफ्नो सिट सुरक्षित गर्ने अवसर पाउनेछन्। नेपथ्यको कन्सर्ट अकल्याण्डस्थित Due Drop Events Centre मा आयोजना हुने तय भएको छ, जसलाई न्युजिल्याण्डमा रहेका नेपाली संगीतप्रेमीहरूले विशेष चासोका साथ प्रतीक्षा गरिरहेका छन्।