लोकप्रिय नेपाली ब्याण्ड नेपथ्यको अकल्याण्डमा आयोजना हुने कन्सर्ट भव्य हुने संकेत देखिएको छ। आयोजकका लाखे ईभेन्ट्स का अनुसार कार्यक्रमको टिकटका लागि खोलिएको वेटलिस्टमा हजारभन्दा बढी दर्शकले आफ्नो नाम दर्ता गराइसकेका छन्, जसले कन्सर्टप्रतिको उत्साह स्पष्ट देखाएको छ।
आयोजकका अनुसार टिकटको उच्च मागका कारण वेटलिस्ट खोलिएको हो। कन्सर्टमा सहभागी हुन चाहने धेरै दर्शकले अग्रिम रूपमा आफ्नो स्थान सुरक्षित गर्न वेटलिस्टमा नाम दर्ता गरिरहेका छन्। यसले कार्यक्रम अत्यन्त सफल र दर्शकको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ।
नेपथ्य विगत दुई दशकभन्दा बढी समयदेखि विश्वभर रहेका नेपाली दर्शकमाझ लोकप्रिय रहँदै आएको छ। अकल्याण्डमा हुने यस कन्सर्टमा ब्याण्डले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने तयारी गरिरहेको छ। कन्सर्ट आगामी मे १० तारिक आयोजन हुदै छ ।


