युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन बनाउन अमेरिकी कंग्रेसका करिब ३०० सदस्यलाई फेरि आग्रह गरेका छन्। उनले भिडिओ लिंकमार्फत कांग्रेस सांसदहरूलाई सम्बोधन गरेका हुन्। नो फ्लाई जोनको अर्थ त्यस क्षेत्रमा कुनै पनि विमान जान पाउँदैन। यसो गर्दा कुनै पनि हमला वा निगरानी रोक्न सकिने मान्यता छ। साथै जेलेन्स्कीले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउन माग गर्दै रुसी सेनासँग प्रतिस्पर्धा गर्न रुस निर्मित लडाकु विमान दिन आग्रह गरे। युक्रेनी पाइलटहरूलाई यी विमान कसरी सञ्चालन गर्ने भन्ने थाहा भएको उनले बताए। जेलेन्स्कीले अतिरिक्त सैन्य सहयोग र मानवीय सहायताको आवश्यकतामा कांग्रेसका सदस्यहरूको ध्यानाकर्षण गराए। तर, अमेरिकी सिनेटले उनका दुईवटा अनुरोध अस्वीकार गरेका छन्।
पहिलो– नो–फ्लाई जोनको माग अस्वीकार गरियो, किनकि यसले नेटो सदस्य राष्ट्रहरूलाई रूससँग प्रत्यक्ष लडाइँमा संलग्न हुने बाटो खोल्न सक्छ। दोस्रो, रुसबाट तेल किन्न प्रतिबन्ध पनि लगाउन नसकिने भने। किनभने यसले तेलको मूल्य बढ्ने खतरा छ। ukriबीबीसीका अनुसार जवाफमा सिनेट नेता चक शुमरले यसबाहेक निर्वासनलगायत अन्य सहयाेगका विषयमा भने बाइडेन प्रशासनलाई सघाउने बताएका छन्।