वर्क भिसामा न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय शम्भु गौतम रहेका छन् ।
नेपाल प्रहरीका अनुसार शम्भु गौतमले वैदेशिक रोजगारीका लागि न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर एक जना पीडितबाट १५ लाख ९० हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि उनी सम्पर्कविहीन बनेका थिए ।
पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई टोखा नगरपालिका–२ बाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका गौतमलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।


