बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) न्युजिल्याण्ड आउने भएका छन् । आगामी अगस्त ३ र ४ तारिकका दिन अकल्याण्डमा उनले हनुमन्त कथा वाचन गर्ने भएका छन्। उनले अकल्याण्डको ट्रस्ट एरिनामा कथा वाचन गर्ने छन् । हिन्दू फाउन्डेशन न्युजिल्याण्डको आयोजनामा अकल्याण्डमा यो कार्यक्रम हुन लागेको हो । भक्तजनले उक्त कथा वाचनमा निशुल्क सहभागी हुन पाउने छन् ।
बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन्। उनले नेपाल, भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् ।
सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहाँ जाँदा उनले पर्ची हेरेर उनको मनको कुरा, विगत र दुःख निवारणको उपायहरु बारे बताउने गर्दा भारतमा कलिला उमेका प्रसिद्ध बाबाको रुपमा प्रख्यात भएका छन् ।


