न्युजिल्याण्डमा रहेका केही नेपालीले बिजया दशमीको टिका आज शनिबार लगाएका छन् ।
नेपालमा आज दशैको टिकाको दिन भएकाले केही नेपालीले आज नेपाली समयानुसार न्युजिल्याण्डमा आफन्त मान्यजनको हातबाट टिका लगाएका हुन् ।
तर पञ्चाङ निर्णय समितीका अनुसार न्युजिल्याण्डमा दशैको टिकाको शुभ साईत भने भोली आईतबार परेको छ । न्युजिल्याण्डमा बिजया दशमीको टिकाको शुभ साईत भोली बिहान ११:२५ मा रहेको अन्त राष्ट्रिय पञ्चाङ निर्णय समितीले जनाएको छ ।
अधिकांश नेपालीले भने भोली शुभ साईतमा नै टिका लगाउने भएका छन् । केहीले भने आजै आफ्नो स्वइच्छाले नेपाली दिन अनुसार टिका लगाएका हुन् ।


