क्राइस्टचर्च: घरको छतमा भेटियो २ लाख बढी नगद, भेट्नेलाइ ४० हजार राख्न अदालतको अनुमति – New Zealand News Nepal (NZ News Nepal)

क्राइस्टचर्च: घरको छतमा भेटियो २ लाख बढी नगद, भेट्नेलाइ ४० हजार राख्न अदालतको अनुमति

   March 5, 2026  

न्युजिल्याण्डको क्राइस्टचर्चमा एक दम्पतीले आफ्नै घरको छतभित्रबाट फेला पारेको २ लाख डलरभन्दा बढी नगदमध्ये ४० हजार डलर आफूहरूलाई राख्न अदालतले अनुमति दिएको छ।

सन् २०२१ मा ती दम्पतीले आफ्नो घरको इन्सुलेसनभित्र प्लास्टिकले बेरेर “इँटाजस्ता” आकारमा लुकाएर राखिएको २ लाख ३२ हजार ४४० डलर नगद फेला पारेका थिए। उनीहरूले उक्त रकम तुरुन्तै प्रहरीलाई बुझाएका थिए।

प्रहरीले उक्त रकम लागूऔषध कारोबारबाट आर्जित अपराधजन्य आम्दानी हुन सक्ने दाबी गर्दै जफत गरिनुपर्ने बताएको थियो। यस विषयमा यसै महिना क्राइस्टचर्च उच्च अदालतमा सुनुवाइ भएको थियो।

बुधबार सार्वजनिक गरिएको निर्णयमा न्यायाधीशले दम्पतीलाई ४० हजार डलर राख्न अनुमति दिँदै बाँकी रकम सरकारलाई जाने आदेश दिएका छन्। सुनुवाइका क्रममा दुवै पक्षले ४० हजार डलर दम्पतीलाई उपलब्ध गराउने सहमतिपत्र पेश गरेका थिए।