न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री हिपकिन्स ढाका टोपीमा ढलक्क ! (तस्बिरहरु) – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री हिपकिन्स ढाका टोपीमा ढलक्क ! (तस्बिरहरु)

   April 12, 2026  

न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री तथा लेबर पार्टीका नेता क्रिस हिपकिन्स अकल्याण्डमा आयोजना गरिएको नेपाल फेस्टिभलमा सहभागी भएका छन्। नेपाली समुदायको सांस्कृतिक कार्यक्रममा उनको उपस्थितिले विशेष आकर्षण थपेको छ।

कार्यक्रममा सहभागी भएका हिपकिन्स ढाका टोपी लगाएर देखिँदा झनै आकर्षक देखिएका थिए। नेपाली संस्कृतिप्रति सम्मान जनाउँदै उनले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। सन् २०२३ जनवरीमा तात्कालिन प्रधानमन्त्री जसिण्ड आर्डेनले राजिनामा दिएपछि हिप्किन्स न्युजिल्याण्डको प्रधानमन्त्री भएका थिए । सन् २०२३ को आम निर्वाचन हिप्किन्स कै नेतृत्वमा भएको थियो ।

हिपकिन्ससँगै न्युजिल्याण्डका पूर्व मन्त्री माइकल वुड लगायत अन्य राजनीतिक नेताहरू पनि शनिबार आयोजित कार्यक्रममा सहभागी भएका थिए।

अकल्याण्डमा आयोजना गरिएको नेपाल फेस्टिभलमा नेपाली कला, संगीत, खानपान र सांस्कृतिक प्रस्तुति मार्फत नेपाली पहिचान झल्काइएको छ। कार्यक्रममा ठूलो संख्यामा नेपाली तथा अन्य समुदायका मानिसहरूको उपस्थिति देखिएको छ।

तस्बिर सौजन्य: Cinecraft Production NZ