न्युजिल्याण्डमा २ दिन यता चिसो बढेको छ । न्युजिल्याण्डको नर्थ आईल्याण्ड र साउथ आईल्याण्ड दुबै क्षेत्रमा दुई दिन यता चिसो बढेको हो । अधिकाशं क्षेत्रमा तापक्रम ह्वातै घटेको छ । मेट सर्भिसका अनुसार साउथ आईल्याण्डका केही क्षेत्रमा तापक्रम एक अंकमा झरेको छ । त्यस्तै नर्थ आईल्याण्डमा बिभिन्न शहरमा पनि तापक्रम घटेको छ । एक-दुई दिन चिसो बढेपनि तत्काल तापक्रम एकैनास नहुने मेटसर्भिसले जनाएको छ । आज बाट केहि दिन साउथका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पनि चिसो धेरै दिन नहुने बताईएको छ । त्यस्तै नर्थका केही स्थानमा पनि शनिबार वर्षा हुने बताईएको छ ।
न्युजिल्याण्डमा अहिले शरद ऋतु चलिरहेको छ । जुन देखि अगस्तलाई न्युजिल्याण्डमा मध्य जाडोको महिना मान्ने गरिन्छ । तर अहिले अप्रिल को मध्य तिर बाट नै न्युजिल्याण्डबासीलाई जाडो महिनाको आभास सुरु भएको छ ।


