गोर जिल्लाका मेयर बेन बेलको मेयर पद यथावत रहने भएको छ ।
गोर जिल्ला काउन्सिलका सदस्यहरुले उनी विरुद्द अविश्वासको प्रस्ताव ल्याएका थिए तर सहमतिमै मंगलबार बेन विरुद्दको अविश्वासको प्रस्ताव फिर्ता लिईएको छ । प्रस्ताव फिर्ता भएसँगै मेयर बेनको पद सुरक्षित रहेको हो । गत ओक्टोबरमा भएको स्थानिय निर्वाचनमा २३ वर्षका बेन गोर जिल्लाका मेयर निर्वाचित भएका थिए ।
उनले १७ वर्ष देखिका मेयर ट्रेसी हिक्सलाई पराजित गरेका थिए । उनको जित सँगै काउन्सिलका सदस्यहरु रुष्ट थिए ।
बेललाई राजिनामा दिन जिल्लाका काउन्सिलरहरुले केही समय देखि दबाव दिएका थिए ।
गोर जिल्ला काउन्सिलका बहुमत सदस्यले बेललाई राजिनामा दिन सुझाव दिएका थिए ।


